शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१० रुपैंयाँ दरको बैंक नोट प्रचलनमा

सोमबार, असार २ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैंयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकका अनुसार रुपैयाँ १० दरको साविककै आकार तथा रङ्गमा सङ्केत नं. द/३२ ३०००००१ देखि प/९४ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १० रुपैयाँ दश तुरुन्त पाइने छ ।” भन्ने प्रतिज्ञामूलक वाक्यांशसहितको नोट सार्वजजिक गर्न लागिएको हो ।

यो नोट बिसं २०८२ साल असार महिना ०२ गते अर्थात आज सोमबार देखि चलनचल्तीमा ल्याईएको जानकारी राष्ट्र बैंकले दिएको छ । राष्ट्र बैंकका अनुसार नोटको अग्र भागमा अन्र्तगत नोटको बायाँतर्फ सगरमाथाको चित्र, नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप, नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महा प्रसाद अधिकारीको दस्तखत, नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्वर नेपालीमा “वि।सं। २०८१” लेखिएको बिशेषता रहेको छ ।

यसैगरी नोटको पृष्ठ भाग अन्र्तगत नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्य भागमा कृष्णसारको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा “ रुपिज टेन लेखिएको र नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा “२०२४ ए.डी.” लेखिएको बिशेषत रहेको छ ।