शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरुलाई बिशेष छुट दिने

आइतबार, असार १ २०८२

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन (एनईए) बिच व्यावसायिक सम्झौता भएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसन बिच विस्तारित बैंकिंग सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता भएको हो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र इन्जिनियर्स एसोसिएसन तर्फ अध्यक्ष ई. सुभाष चन्द्र बरालबाट हस्ताक्षर भइ सो व्यावसायिक सेवा आरम्भ गरिएको बैंकले जानकारी दिएको छ । यो सम्झौता मार्फत एसोसिएसनका सम्पूर्ण सदस्यहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गरिएको छ । सोहि सम्झौता अनुसार एसोसिएसनका सदस्यहरुलाई लक्षित गरि बैंकको दुई सय ७५ वटा शाखाहरुमार्फत प्रोफेशनल बचत खाता खोलि १० लाखको दुर्घटना बिमा सुविधा सहित अन्य व्यावसायिक कर्जा, स्टार्टअप कर्जा, क्लिन सोसल कर्जा, र डेबिट÷क्रेडिट काडर्, मोबाइल बैकिङ्गमा विशेष छुटको व्यवस्था रहेको जानकारी बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

यो सम्झौताबाट नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्यहरुले प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकको विश्वास लिएको छ ।