बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अनेरास्ववियु निर्वाचनमा कुन उम्मेद्वारले कति मत पाए ? (परिणामसहित)

शुक्रबार, जेष्ठ ३० २०८२

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया ७ मत अन्तरालले निर्वाचित भएका छन् ।

२४औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि बिहीबार राति सम्पन्न निर्वाचनमा रामेछापका डा कडरिया अध्यक्षमा निर्वाचित भएका हुन् ।

विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।

निर्वाचनमा कुल १४ सय ५७ मत खसेको थियो । जसमा कडरियाले ७ सय ३२ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का प्रतिस्पर्धी म्याग्दीका प्रकाश पौडेलले ७ सय २५ मत पाए ।

त्यस्तै उपाध्यक्षमा अञ्जना सिवाकोटी र विकाश श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ७०८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी राजकुमार ढकालले ४२९ मत प्राप्त गरे।  सिवाकोटीले ७७५ मत ल्याउँदै निर्वाचित भएकी छन्।

महासचिवमा दीपक धामी निर्वाचित भए ।  धामीले ७८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी आरके रोमसले ५५४ मत प्राप्त गरे।

सचिवमा आकाश घर्ती, ई. रचना सापकोटा, ससीम बाबु खान र अधिवक्ता गोपाल नेपाल विजयी भएका छन्। सचिवालय सदस्यमा ४० जना निर्वाचित भएका छन्।