शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२०२६ को विश्वकपमा ब्राजिल छनोट

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । ब्राजिल सन् २०२६ को विश्वकप फुटबलका लागि छनोट भएको छ। बुधबार बिहान भएको खेलमा ५ पटकको विश्वकप विजेता ब्राजिलले पाराग्वेलाई १–० ले हराएको हो।

ब्राजिलका लागि खेलको ४४ औँ मिनेटमा भिन्सियस जुनियरले निर्णायक गोल गरे । एन्सेलोटीले टोलीको जिम्मा सम्हालेपछि गत साता भएको खेलमा ब्राजिललाई इक्वेडरले गोल रहित बराबरीमा रोकेको थियो।

जितपछि ब्राजिलको २५ अङ्क भएको छ। दक्षिण अमेरिकाबाट ६ टोली सिधै विश्वकपमा प्रवेश गर्ने छन्। दक्षिण अमेरिकी समूहमा अब दुई खेल खेल्न बाँकी छ।