शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हिमालयन बैंककोे गौंडा शाखा स्थानान्तरण

बुधबार, जेष्ठ २८ २०८२

काठमाडौं । हिमालयन बैंक लिमिटेडकोे गौंडा शाखा स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा स्थानान्तरण गरि दूधपोखरी गाउँपालिका, वडा नं. ५, जोर्ने लम्जुङबाट सोमबार देखि दूधपोखरी शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो ।

उक्त शाखाको शुभारम्भ दूधपोखरी गाउँपालिका अध्यक्ष धन बहादुर गुरुङले बैंकका कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।

बैंकले हाल नेपाल भरी फैलिएका एक सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, दुई सय ८६ एटीएम, आठ हजार भन्दा बढी पीओएस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।