बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

नेप्सेमा पुरै हरियाली, २५ अंकले बढ्दा १० अर्ब १६ करोडको कारोबार

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं । नेप्सेमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन २३ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार पुन २५ दशमलव सात अंकले बढेर २६ सय ७८ दशमलव १६ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव पाँच अंकले बढेर चार सय ५६ दशमलव ७७ अंकमा पुगेको छ ।

तीन सय ११ वटा कम्पनीहरुको ८१ हजार सात सय ३८ पटकको कारोबारमा दुई करोड ३६ लाख ९७ हजार एक सय ४५ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम १० अर्ब १६ करोड नौं लाख ८१ हजार ७६ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा १३ वटै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । आज बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ६७ अंकले बढेर १३ सय ६८ दशमलव ६६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १६ दशमलव ५६ अंकले बढेर ३५ सय ९२ दशमलव छ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३९ दशमलव ५७ अंकले बढेर १३ हजार २३ दशमलव ५३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५३ दशमलव ३२ अंकले बढेर १२ हजार दुई सय ९७ दशमलव ३५ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज पियोर इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी कमाउँदा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको संस्थापक शेयरतर्फ भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।