शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२३ अंकले बढ्यो नेप्से, तीन वटा समुहले गुमाउँदा १० वटाले कमाए

सोमबार, जेष्ठ २६ २०८२

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से आज सोमबार २३ दशमलव १९ अंकले बढेर २६ सय ५३ दशमलव नौं अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४४ अंकले बढेर चार सय ५१ दशमलव ७१ अंकमा पुगेको छ । तीन सय २४ वटा कम्पनीहरुको ७८ हजार आठ सय ४८ पकको कारोबारमा एक करोड ७५ लाख एक हजार आठ सय दुई कित्ता शेयर किनबेच भएका छन भने कुल कारोबार रकम आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार तीन सय १९ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन जीवन बीमा समुहको सुचक १२ दशमलव ६३ अंकले घटेर १२ हजार आठ सय ८३ दशमलव ९६ अंकमा पुगेको छ भने होटल तथा पर्यटन र व्यापार समुहको सुचक पनि घटेको छ । यि बाहेक बाँकी १० वटा समुहहरुको सुचक भने बढेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ९३ अंकले बढेर १३ सय ५५ दशमलव ९९ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ८२ दशमलव २४ अंकले बढेर ३५ सय ७५ दशमलव ५० अंकमा चढेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव दुई अंकले बढेर १२ हजार एक सय ४४ दशमलव तीन अंकमा पुगेको छ भने बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा भुगोल इर्नर्जी डेभलपमेन्ट लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । राधी जलविधुत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।