सेमिफाइनलमा फ्रान्स ५–४ले पराजित
काठमाडौं । लमिन यामलको सानदार प्रदर्शनमा स्पेनले फ्रान्सलाई ५–४ ले हराउँदै युरोपेली नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ।
यस सिजनमा उत्कृष्ट प्रदर्शन गरेका यामलले बिहीबार स्टुगार्टमा भएको सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरे। कुनै समय स्पेन ४–० ले अघि रहे पनि यसका बाबजुद फ्रान्सले ११ मिनेटको अन्तरमा ३ गोल गरेपछि खेल रोमाञ्चक भएको थियो।
निको विलियम्स र माइकल मेरिनोको गोलमा अघि बढेको स्पेनले तेस्रो गोल पेनाल्टीमा गरेको थियो। आड्रियन रोबियटले यामललाई फल गरेपछि पाएको पेनाल्टीलाई उनले नै गोल गरे । विलियम्सको पासलाई उपयोग गर्दै पेड्रीले ५५ औँ मिनेटमा टोलीका लागि चौथो गोल गरेका थिए ।
त्यसको चार मिनेटपछि नै पेड्रो पोरोले एम्बाप्पेलाई फल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एम्बाप्पेले नै पेनाल्टीलाई उपयोग गरेपछि फ्रान्स खेलमा फर्कने सम्भावना देखिएको थियो। ६७ औँ मिनेटमा यामलले नै अर्को गोल थपे।
वैकल्पिक खेलाडी रायन छेराकीले एम्बाप्पेको पासलाई उपयोग गर्दै डेब्यु खेलमै गोल गरेपछि फ्रान्सको कम ब्याक सुरु भएको थियो। ८४ औँ मिनेटमा स्पेनका रक्षक डानी भियिनले आत्मघाती गोल गरे । इन्जुरी समयमा फ्रान्सका कोलो मुवानीले हेड गोल गरेपछि केही समय स्पेनले दबाबमा बिताएको थियो।