शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पाँच अंकले घट्यो नेप्से, दुई वटा समुहले कमाउँदा ११ वटा समुहले गुमाए

बिहिबार, जेष्ठ २२ २०८२

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से आज पनि पाँच दशमलव ९९ ंअंकले घटेर २६ सय ४० दशमलव ९६ अंकमा पुगेकेमा सेन्सिटिभ इन्डेक्स भने चार सय ५१ दशमलव ३३ अंकमा स्थिर देखिएको छ । तीन सय ११ वटा कम्पनीहरुको ७७ हजार छ सय ७० पटकको कारोबारमा एक करोड ७१ लाख आठ हजार आठ सय नौं कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम सात अर्ब ९७ करोड आठ लाख ८६ हजार छ सय ६३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा दुई जलबिद्युत समुहको सुचक ३८ दशमलव ८५ अंंकले बढेर ३४ सय ५० दशमलव ८३ अंकमा पुगेको छ भने लगानी समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने छ दशमलव शुन्य दुई अंकले घटेर १३ सय ६४ दशमलव ४२ अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक पनि ७ दशमलव ५ अंकले घटेर २३ सय ५२ दशमलव ८८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ७३ दशमलव ३६ अंकले घटेर १२ हजार नौं सय ९७ दशमलव ७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १५ दशमलव ४ अंकले घटेर १२ हजार २ सय ६ दशमलव ३५ अंकमा पुगेको छ । बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनमुल, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज रिभर फल्स पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।