काठमाडौ । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा तीन अर्ब १४ करोड दुई लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकले बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम राख्न लागेको हो । बैंकको बिभिन्न कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको हो ।
रकम लगानीको अवधि जुन १७, २०२५ देखि जुन १७, २०२६ सम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही जेठ २३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ । लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि दुई अर्ब ५१ करोड २२ लाख, बिकास बैंकहरुको लागि ४७ करोड १० लाख र फाईनान्स कम्पनीहरुको लागि १५ करोड ७० लाख रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने प्रावधानहरु रहेका छन् ।
