काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको नेप्से साताको तेस्रो दिन आज मंगलबार ३५ दशमलव ७३ अंकले घटेर २६ सय ५८ दशमलव ९३ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव छ अंकले घटेर चार सय ५३ दशमलव ९२ अंकमा झरेको छ । तीन सय १५ वटा कम्पनीहरुको ७५ हजार पाँच सय आठ पटकको कारोबारमा एक करोड ५५ लाख ३८ हजार चार सय ७४ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम छ अर्ब ६७ करोड ९५ लाख ६१ हजार तीन सय २४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से राताम्मै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दशमलव नौं अंकले घटेर १३ सय ७८ दशमलव ६५ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ३८ अंकले घटेर तीन हजार चार सय २५ दशमलव ४३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ९८ दशमलव ८७ अंकले घटेर १३ हजार एक सय ३३ दशमलव ९२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुृहको सुचक पनि ८५ दशमलव नौ अंकले घटेर १२ हजार तीन सय पाँच दशमलव ३६ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज पियोर इर्नर्जी लिमिटेडले सबैभन्दा बढी कमाउँदा सप्तकोशी डेभलपेन्ट बैंकल सबैभन्दा बढी गुमाएको छ । राधी जलबिद्युत कम्पनीको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।