शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

५४ वटा संस्थाहरूद्धारा १५ खर्ब १२ अर्बको कारोबार

मंगलबार, जेष्ठ २० २०८२

काठमाडौं । नेपाली बैंकिङ क्षेत्र अझै पनि अधिक तरलताको समस्याबाट पिरोलिएको छ । पछिल्लो समय बजारमा कर्जाको माग खासै नभएकाकरण निक्षेप रकम मात्र थुप्रिएको छ । यो अवस्थामा बैंक तथा फाईनान्स कम्पनीहरूमा अधिक तरलता अर्थात लगानीयोग्य रकम थुप्रिएको छ । तर कर्जाको माग छैन । यहीकारण पछिल्लो समय बैंकिङ क्षेत्रमा अहिले अधिक तरलता रहेको छ । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटै फाईनान्स कम्पनीहरू कुनै न कुनैरुपमा अधिक तरलताको अवस्थाबाट गुज्रिरहेका छन् ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा पछिल्लो समय बढेको यही अधिक तरलताकाकारण बैंक तथा फाईनान्स कम्पनीहरूबिच एक आपसमा अल्पकालीन अवधिको लागि हुने अन्तर बैंक कारोबार रकम घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनामा वाणिज्य बैंकहरूको १३ खर्ब ६३ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को एक खर्ब ४८ अर्ब ३१ करोड गरी कुल १५ खर्ब १२ अर्ब १२ करोडको अन्तर–बैंक कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार यो कारोबार रकम अघिल्लो आवको सोही अवधिको तुलनामा दुई गुणााले कम हो । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको ३१ खर्ब ८६ अर्ब ४४ करोड र अन्य वित्तीय संस्थाहरूको तीन खर्ब २१ अर्ब ६० करोड गरी कुल ३५ खर्ब आठ अर्ब चार करोडको अन्तर बैंक कारोबार भएको थियो ।

अन्तर बैंक कारोबार घटेकै आधारमा यसको असर व्याजदरमा पनि देखिएको छ । राष्ट्र बैंकका अनुसार २०८० चैतमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर तीन प्रतिशत रहेकोमा २०८१ चैतमा तीन दशमलव शुन्य छ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० चैतमा तीन दशमलव १० प्रतिशत रहेकोमा २०८१ चैतमा तीन प्रतिशत रहेको छ । २०८१ चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर छ दशमलव २९ प्रतिशत, विकास बैंकहरूको आठ दशमलव ३४ प्रतिशत र फाईनान्स कम्पनीहरूको नौं दशमलव १७ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर आठ दशमलव ५१ प्रतिशत, विकास बैंकहरूको १० दशमलव ४१ प्रतिशत र फाईनान्स कम्पनीहरूको १२ दशमलव दुई प्रतिशत रहेको थियो । २०८१ चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर चार दशमलव ४५ प्रतिशत, विकास बैंकहरूको पाँच दशमलव २२ प्रतिशत र फाईनान्स कम्पनीहरूको छ दशमलव २४ प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर छ दशमलव ५३ प्रतिशत, विकास बैंकहरूको सात दशमलव ५८ प्रतिशत र फाईनान्स कम्पनीहरूको आठ दशमलव ८२ प्रतिशत कायम भएको थियो । त्यसैगरी, २०८१ चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर आठ दशमलव २२ प्रतिशत, विकास बैंकहरूको नौं दशमलव ५९ प्रतिशत र फाईनान्स कम्पनीहरूको १० दशमलव ४० प्रतिशत रहेको छ । २०८० चैतमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १० दशमलव ५५ प्रतिशत, विकास बैंकहरूको १२ दशमलव १७ प्रतिशत र फाईनान्स कम्पनीहरूको १३ दशमलव ३६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको संख्या (लघुवित्त वित्तीय संस्था समेत) २०८१ चैत मसान्तमा एक सय सात रहेको छ । यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र एउटा पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन । बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्था समेत) को शाखा संख्या २०८१ असार मसान्तमा ११ हजार पाँच सय ३० रहेकोमा २०८१ चैत मसान्तमा ११ हजार पाँच सय १६ रहेको छ ।