शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पञ्जाब ११ वर्षपछि आईपीएलको फाइनलमा, फाइनलमा आरसीबीसँग भिड्ने

सोमबार, जेष्ठ १९ २०८२

काठमाडौं । पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा दोस्रो पटक फाइनल यात्रा तय गरेको छ । पञ्जाबले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले २०४ रनको लक्ष्य १९ ओभरमै पछ्याएर पूरा गर्‍यो। कप्तान श्रेयस अयरले छक्का हानेर टिमलाई जित दिलाए । उनले ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले ।

यस्तै नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रन बनाए । उता मुम्बईका अश्विनी कुमारले २ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४र४४ रनको पारी खेले । जोनी बेयरस्टोले ३८ रन बनाए। पञ्जाबका लागि अजमतुल्लाह उमरजईले २ विकेट लिए ।

पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । अब उसले ३ जुनमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)सँग फाइनल खेल्नेछ।