शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आगामी आर्थिक वर्षमा ४.३ प्रतिशतले आर्थिक वृद्धिदर बढ्ने प्रक्षेपण

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा ४.५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै आर्थिक वृद्धिदर विगतको तुलनामा सुधार हुने बताए ।उनले अर्थतन्त्र विगतमा दबाबमा रहे पनि निरन्तरको प्रयासले सुधारोन्मुख भएको उल्लेख गरे। गत वर्ष ३.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर आगामी वर्ष ४.५ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

अर्थमन्त्री पौडेलले अर्थतन्त्र ऋणात्मक अवस्थाबाट धनात्मक वृद्धितर्फ अघि बढ्ने बताए । विद्युत्, वित्तीय, बीमा लगायतका क्षेत्रमा उल्लेख्य सुधार हुने उनको भनाइ छ । थप ३३९ मेगावाट विद्युत् उत्पादन भएको, पर्यटक आगमन १३ प्रतिशतले बढेर ९ लाख २३ हजार पुगेको र मुद्रास्फीति ३.४ प्रतिशतमा सीमित भएको उनले जानकारी दिए ।

यस्तै, प्रतिव्यक्ति आय १,४४३ अमेरिकी डलरबाट बढेर १,४९६ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।