बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विपक्षीले सदनमा बजेट पेश गर्न दिने

बिहिबार, जेष्ठ १५ २०८२

काठमाडौँ । संघीय सरकारको आर्थिक वर्ष २०८२/०८३ को बजेट आज बेलुकी ५ बजे सार्वजनिक हुने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले दिउँसो ३ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्ने कार्यक्रम छ ।

आज गणतन्त्र दिवस, नेकपा एमालेको कार्यक्रम र राप्रपासहितको राजावादीहरूको प्रर्दशन छ ।

यसअघि भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरोध गरेका विपक्षी दलले बजेट पेश गर्न भने दिने भएका छन् । यसै अनुसार सदन अवरुद्ध नभएपछि अर्थमन्त्री पौडेलले आर्थिक सर्वेक्षण पेश गरेका छन् ।