काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बुधबार १७ दशमलव ४४ अंकले बढेर २६ सय ९३ दशमलव ६ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि ४ दशमलव २३ अंकले बढेर ४ सय ६१ दशमलव २० अंकमा पुगेको छ ।
तीन सय २३ वटा कम्पनीहरुको ७७ हजार तीन सय १६ पटकको कारोबारमा दुई करोड सात लाख ५९ हजार पाँच सय ४७ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम आठ अर्ब ५८ करोड ६० लाख चार हजार तीन सय ३४ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहको सुचक घटेपनि बाँकी नौं वटा समुहहरुको सुचक बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक आज २६ दशमलव २७ अंकले बढेर १४ सय २० दशमलव २४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ७१ दशमलव २८ अंकले बढेर ५ हजार ५ सय ६९ दशमलव ९५ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ४ दशमलव ४३ अंकले बढेर २३ सय ९७ दशमलव १६ अंकमा पुगेको छ भने जलविधुत समुहको सुुचक पनि ३० दशमलव ७३ अंकले बढेर ३४ सय ७१ दशमलव ६ अंकमा पुगेको छ । होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । जीवन बीमा समुहको सुचक ३२ दशमलव ५६ अंकले घटेर १३ हजार २ सय १ दशमलव ५६ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ३२ दशमलव ७४ अंकले घटेर १२ हजार ४ सय ११ दशमलव ३२ अंकमा पुगेको छ । लघुवित्त र अन्य समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज ओम मेगाश्री फर्मासिटिकल्स लिमिटेडले सबैन्दा बढी कमाउँदा बाराही हाईड्रो पावर कम्पनी लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।