शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रिलायबल नेपाल लाइफद्धारा घातक रोग वापत २० लाख रुपैंयाँ बीमा दाबी भूक्तानी

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले २० लाख रुपैयांको घातक रोग वापतको बीमा दाबी भूक्तानी हस्तान्तरण गरेको छ । २०७७ साल चैत्र महिनामा कम्पनीको हाकिमचोक शाखा, भरतपूर, चितवनबाट १५ बर्षको बीमा अवधि रहने गरी २० लाखको जीवनबीमा बीमालेख खरीद गरेका भरतपूर ३, चितवन निवासी महेश बानीयांलाई उक्त रकम दाबी भूक्तानी हस्तान्तरण गरेको हो । बीमीतले ३ किस्ता मात्र बीमाशुल्क भक्तानी गरेको अवस्थामा मिति २०५०।०१।०२ गते पूरानो मेडिकल कलेज, भरतपूरमा सामान्य चेकजांचका क्रममा कलोजो सम्बन्धी समस्या देखा परेको थियो । त्यसपश्चात थप उपचारका लागी उनलाई मेडिसिटी अस्पताल, काठमाडौं लगीएको र डाक्टरको सल्लाह बमोजिम नै २०८१ पौष १५ गतेका दिन उनको कलोजो प्रत्यारोपण गरिएको थियो ।

नेपालमा अत्यन्तै महंगो उपचार पद्धती मध्यको एक मानिने कलेजो प्रत्यारोपणका लागी झन्डै ४० लाख सम्म खर्च लाग्ने गर्दछ । निजले सोही समयमा कम्पनीलाई गराएको जानकारी बमोजिम नै प्रक्रिया अगाडी बढाईएको थियो । निजले आफ्नो सफल उपचार पश्चात सम्पूर्ण कागजात कम्पनीमा पेश गरेको छोटो समयमा नै कम्पनीले उनलाई बीमा दाबी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीद्धारा मिति २०८२।०२।०७ गते बुधबारका दिन हाकिमचोक शाखामा आयोजित १ कार्यक्रमका बिच कार्यक्रमको अध्यक्षता गर्नुभएका शाखा प्रमुख राजकूमार दाहालले उक्त दाबी रकम रु. २० लाखको चेक बीमितलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै बीमीत महेश बानीयांले यस दुःखद समयमा बीमा कम्पनीले आफूलाई दिएको साथ र सहयोगको प्रशंसा गर्दै बजारमा रहेका बीमा दाबी भूक्तानी तथा प्रकृया सम्बन्धी सम्पूर्ण हल्लाहरु निराधार साबित भएको समेत बताए । आफूलाई जीबन बीमा गराउनका लागी सहि समयमा नै प्रस्ताव गर्नै बीमा अभिकर्ता सरस्वती गौतमलाई बिशेष धन्यवाद दिदै भोलिका दिनमा आफू जस्तै समस्यामा पर्नसक्ने सबैलाई बीमाको दायरामा ल्याउनका निमित्त लागी पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बक्ताहरुले बीमाको महत्व, बचत, बोनस, नेपालमा बीमादरको अवस्था तथा भविष्यमा हुनसक्ने जोखिमको क्षति न्यूनिकरण गर्न आज स्वस्थ अवस्थामा नै बीमा गर्नूपर्ने कूरामा जोड दिए ।

उक्त कार्यक्रममा हाकिमचोक शाखाका बरिष्ठ एजेन्सी म्यानेजरहरु मनोज चौलागाई, बिष्णुकुमारी कूंवर, समिता दराई, तारा कूमाल, एमडिआरटी जानकी शाह श्रेष्ठ लगायतका अन्य थुप्रै एजेन्सी म्यानेजर, कर्मचारी तथा स्थानियहरुको समेत उपस्थिती रहेको थियो।