शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

समृद्धि फाइनान्सको नवनियुक्त अध्यक्षको सपथ ग्रहण सम्पन्न

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षको पदमा नवनियुक्त अजय कुमार मिश्रले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल समक्ष औपचारिक रूपमा पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत सेवा दिदै आएको छ भने मोवाईल बैंकिङ, डेविट कार्ड आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस,क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।