शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आईपीएल : लखनउविरुद्ध गुजरातको हार

शुक्रबार, जेष्ठ ९ २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सविरुद्ध गुजरात टाइटानले ३३ रनको हार बेहोरेको छ। प्ले अफ प्रवेश गर्ने टोलीको यस अघि नै टुंगो लागिसकेको छ।

गएरातिको खेल क्वालिफायर १ मा प्रवेशका लागि गुजरातका लागि महत्त्वपूर्ण थियो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।

लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ। दुवैले गुजरातले भन्दा एक खेल कम खेलेका छन्।

बिहीबारको खेलमा २३६ रनको लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्र जोड्न सकेको हो।

गुजरातका साहरुख खानले २९ बलमा ५७ रनको योगदान गरे । सेरफाने रुदरफोर्डले ३८ तथा जोस बटलरले ३३ रन बनाए । साइ सुदर्शनले २१ तथा कप्तान शुभमन गिलले ३५ रन बनाए ।

लखनउका विल ओ रुकेले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दुई विकेटको क्षतिमा २३५ रन बनाएको थियो । लखनउका लागि मार्सले ६४ बलमा ११७ रन प्रहार गरे भने निकोलास पूरणले २७ बलमा ५६ रन जोडे ।