बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ग्लोबल आइएमई लघुवित्तले मनायोे १३ औं वार्षिकोत्सव

मंगलबार, जेष्ठ ६ २०८२

काठमाडौं । पोखराको बिजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले बिबिध कार्यक्रम गरी स्थापनाको १३ औं वार्षिकोत्सव मनाएको छ । ग्रामीण समूदायमा न्यून आय भएका, वित्तीय पहुँचबाट वञ्चित रहेका, सामाजिक रुपमा पछाडि परेका, विपन्न वर्गलाई लघुवित्त सेवाको माध्यमबाट आर्थिक तथा सामाजिक रुपमा समृद्ध सदस्य निर्माण गरी समग्र देशको अर्थतन्त्रलाई सबल एवं सुदृढ बनाउन सहयोग गर्ने उद्धेश्यले २०७०/०२/०५ गते स्थापना भएको संस्थाले सोमबार १३ औं वार्षिकोत्सव मनाएको हो ।

सो अवसरमा संस्थाको बिभिन्न शाखा तथा केन्द्रीय कार्यालयले विविध कार्यक्रम सञ्चालन गरेको थियो । वित्तीय संस्थाको केन्द्रीय कार्यालय विजयपुर, कास्कीले पोखरा महानगरपालिका वडा नं–२६ मा “वित्तीय साक्षरता आजको आवश्यकता” विषयक अन्तर माध्यामिक विधालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

शाखा कार्यालय नौडाँडाले पोखरा महानगरपालिका २४ स्थित दोपहरे आमा समूहलाई सांस्कृतिक प्रवद्धनको लागि जिन्सी साम्रगी वितरण, शाखा कार्यालय मनकामना गोरखाले मनकामना मन्दिर परिसरमा बृहत सरसफाई कार्यक्रम गरेको थियो ।

शाखा कार्यालय अमराई, अर्घाखाँचीले श्री सुभोधिनी मा.वि मा शैक्षिक सामग्री वितरण तथा शाखा कार्यालय महेन्द्रनगर, धनुषाले श्री क्षिरेश्वर जनता मा.वि को प्राङगणमा “वित्तीय साक्षरता आजको आवश्यकता” विषयक अन्तर माध्यामिक विधालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले बताए ।

विपन्न वर्गसँग १३ वर्ष सहकार्य गर्ने क्रममा संस्थाको कार्यक्रमलाई प्रत्यक्ष एवं परोक्ष रुपमा प्रभाव पार्ने महाभूकम्प, बाढीपहिरो, कोभिड महामारी तथा बजारमा देखिएको आर्थिक मन्दी लगायत विनासकारी घटना तथा परिघटनाहरूको बाबजुद पनि यस वित्तीय संस्थाले सामाजाकि उत्तरदायित्व र ग्राहक संरक्षणका विबिध कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वित्तीय संस्थाको ५४ जिल्लामा १२१ वटा शाखा कार्यालहरु मार्फत करिब १ लाख ५९ हजार सदस्य तथा ६१ हजार ५ सय ऋणलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ भने २०८२ वैशाख मसान्त सम्ममा वित्तीय संस्थाले करिब १० अर्ब ५ करोड कर्जा लगानी र ३ अर्ब ४५ करोड बचत परिचालन गरिरहेको छ ।