काठमाडौं । सन्दीप लामिछाने क्यानको केन्द्रीय करार सम्झौतामा नरहने घोषणा गरेका छन् । उनले समाजिक सञ्जालमा यस्तो लेख्दै जानकारी दिएका हुन्।
उनी क्यानको करारमा ‘ए’ श्रेणीमा थिए र मासिक एक लाख रुपैयाँ पारिश्रमिक पाउँदै आएका थिए।
क्यानले जम्मा ३३ पुरुष र १९ महिला क्रिकेटरलाई केन्द्रीय सम्झौतामा राखेको थियो, जसमा सन्दीप ‘ए’ ग्रेडमा थिए।
सन्दीपले यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा जाने कदम नभई व्यक्तिगत र व्यावसायिक विकासका लागि भएको बताएका छन्।