शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नबिल बैंकको बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज

मंगलबार, बैशाख ३० २०८२

काठमाडौं । नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरू गरेको छ । बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।

ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरू गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महाराजगञ्ज र कौशलटार शाखाहरूबाट प्रायोरिटी बैंकिङ सुविधा प्रदान गर्दै आएकोे छ । लाउञ्ज उद्घाटन गर्दै डेपुटी सिइओ पाण्डेले भने, ’नबिल बैंक ग्राहकलाई विश्वस्तरीय बैंकिङ सेवा प्रदान गर्न प्रतिबद्ध छ । ग्राहकको सुविधालाई ध्यानमा राखेर हामीले प्रायोरिटी बैंकिङ शाखा विस्तार गरेका हौं,’ उनले भने, ’ग्राहकसँग कारोबारमा मात्रै सीमित नभइ दीर्घकालीन सम्बन्ध बनाउनेमा हामी विश्वास गछौं ।

नबिल प्रायोरिटी बैंकिङ सेवामार्फत ग्राहकले रिलेसनरिप म्यानेजरसँग सम्पर्क गरी सेवा लिन, व्यक्ति केन्द्रित सेवा लिन, सहज बैंंकिङ लाउञ्जको पहुँच प्राप्त गर्न, छिटो र छरितो सेवा लिन, वित्तीय समाधान तथा लगानीसम्बन्धी सल्लाहलगायतका सेवा लिनसक्ने जनाइएको छ ।

नबिल प्रायोरिटी बैंकिङ सम्बन्धी थप जानकारीका लागि बैंकको वेबसाइट मा लगइन तथा ग्राहक सेवा केन्द्रमा फोन सम्पर्क गर्न सकिनेछ । बैंकले जिम्मेवार संस्थाका रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध छ । नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।

नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेलेको नबिल नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रूपमा काम गर्दै आएको छ ।