काठमाडौं । यो साता शेयर कारोबार रकम गत साताको तुलनामा बढेको छ । सातामा पाँच दिन नैं खुल्ला रहेको नेप्से तीन दिन घटेपनि बाँकी दुई दिन बढेकाकारण कारोबार पनि गत साताको भन्दा बढेको हो । सो अनुसार नेप्से सातामा २६ सय ६१ दशमलव ६४ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४८ दशमलव ८९ अंकमा पुगेको छ ।
सातामा तीन सय २२ वटा कम्पनीहरुको १२ लाख ४० हजार पाँच सय ४७ पटकको कारोबारमा ११ करोड ८९ लाख ३० हजार पाँच सय ६७ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम ४७ अर्ब ७९ करोड ५८ लाख सात हजार ६० रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा ११ अर्ब रुपैंयाँले बढी हो । गत साता तीन सय २७ वटा कम्पनीहरुको तीन लाख १२ हजार दुई सय एक पटकको कारोबारमा नौं करोड ५२ लाख ६० हजार सात सय ३१ कित्ता शेयर किनबेच भएकोमा कुल कारोबार रकम ३६ अर्ब ७३ करोड ८१ लाख ६४ हजार आठ रुपैयाँ पुगेको थियो । यो साता पाँच दिन नैं खुलेको नेप्से तेस्रो र चौंथो दिन बढेर बाँकी दिनहरुमा घटेको थियो ।
सो मध्ये पहिलो दिन आईतबार नेप्से तीन दशमलव ४४ अंकले घटेर २६ सय २० दशमलव ३९ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ५१ अंकले घटेर चार सय ४१ दशमलव ४९ अंकमा पुगेको थियो । दोस्रो दिन नेप्से नौं दशमलव ६२ अंकले घटेर २६ सय १० दशमलव ७६ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २४ अंकले घटेर चार सय ४० दशमलव २५ अंकमा पुगेको थियो । तेस्रो दिन भने नेप्से एक दशमलव शुन्य तीन अंकले बढेर २६ सय ११ दशमलव ४३ पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १३ अंकले बढेर चार सय ४० दशमलव २६ अंकमा पुगेको थियो । चांैंथो दिन पनि नेप्से ६२ दशमलव २५ अंकले बढेर २६ सय ७३ दशमलव ६९ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि १० दशमलव ९७ अंकले बढेर चार सय ५१ दशमलव २४ अंकमा पुगेको थियो । पाँचौं दिन भने नेप्से १२ दशमलव ६० अंकले घटेर २६ सय ६१ दशमलव ६४ अंकमा पुगेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३४ अंकले घटेर चार सय ४८ दशमलव ८९ अंकमा पुगेको थियो ।
यो साता सानिमामाई हाईड्रोपावर कम्पनी लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड आदिको बढी रकम कारोबार हुँदा ङादी ग्रुप पावर लिमिटेडकै बढी संख्यामा शेयर किनबेच भएको छ । बजार पुंजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।