काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट २०२५ को सिजन रद्द गरिएको छ ।
पाकिस्तानसँग बढ्दो तनावका बीच बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय गरेको हो । यसको आधिकारिक घोषणा हुन भने बाँकी छ ।
भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।
त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो । हिजो आइपीएलको खेल चलिरहेकाे बेला फ्लड लाइट बन्द गरिएको थियो । पछि खेल नै स्थगन गरिएको थियाे ।
सुरक्षाकै कारण पाकिस्तानमा भइरहेको पीएसएल पनि स्थगन भएको छ ।