शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

कुमारी क्यापिटल र अर्गा भगवती भेन्चर्सबिच सम्झौंता

शुक्रबार, बैशाख २६ २०८२

काठमाडौं । अर्गा भगवती भेन्चर्स प्रा. लि. र कुमारी क्यापिटल लिमिटेड बीच एक महत्वपूर्ण सहकार्य सम्झौता सम्पन्न भएको छ, । सम्झौंता अन्तर्गत अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्तरगत वे टु लिस्टिङमार्फत कम्पनीलाई सूचिकरण हुँदा सम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी कन्र्भसेसन सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियमक निकायहरुसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

अर्गा भगवती भेन्चर्सले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणिय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाईरहेको छ । छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्यहरु सम्पन्न गरी विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाईन मार्फत वितरण गरी देशको आर्थिक समबृद्धीमा टेवा पुर्‍याउने र स्वच्छ वातावरण प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्षले प्रकाश पार्नु भयो । हालै मात्र वित्तीय व्यवस्थापनको रुपमा प्राइम कमर्सियल बैंक लिमिटेड मार्फत फाईनान्सियल कोर्स सम्पन्न गरिसकेको छ ।

सम्झौतामा अर्गा भगवती भेन्चर्स प्रा. लि.का सञ्चालक समितीका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्र्माले हस्ताक्षर गरेका छन् ।