शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बैकहरुमा २० करोड रुपैँंयाँ राख्दै राष्ट्र बैंक

बिहिबार, बैशाख २५ २०८२

काठमाडौ । नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुमा २० करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको रकम राख्न लागेको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि तीन सय ६६ दिन अर्थात बिसं २०८२ जेठ पाँच गतेदेखि बिसं २०८३ जेठ पाँच गतेसम्म तोकिएको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख २८ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ। लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि १६ करोड, बिकास बैंकहरुको लागि तीन करोड र फाईनान्स कम्पनीहरुको लागि एक करोड रुपैंयाँ छुयाईएको छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ।