शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

बलिउड अभिनेत्री श्रद्धा कपुरको एकपछि अर्को रेकर्ड

सोमबार, बैशाख २२ २०८२

काठमाडौं । बलिउड अभिनेत्री श्रद्धा कपुरलाई यतिबेला एकपछि अर्को सफलताले पछ्याइरहेको छ ।

इन्स्टाग्राममा धेरै पछ्याइने भारतीय महिलाको पहिलो सूचीमा रहेकी उनी बलिउडकै महंगो कलाकार पनि बनेकी छन् ।

बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन् । यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि अब सबै निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्।

हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार श्रद्धा कपुरले एकताको यो फिल्मको लागि १७ करोड भारु पारिश्रमिक लिएकी थिइन् ।

पारिश्रमिकबाहेक नायिकाले सम्झौतामा नाफाको अंश पनि मागेकी थिइन् जसअनुसार उनले फिल्म रिलिज पछि केही प्रतिशत नाफा पनि पाउनेछिन् । यो भारतीय सिनेमामा महिला कलाकारले लिएको सबैभन्दा धेरै पारिश्रमिक हो।

तर, फिल्मको नाम भने अझै सार्वजनिक गरिएको छैन । यो चलचित्र हाल प्रि–प्रोडक्सन चरणमा छ र यो वर्षको मध्यवाट सुटिङमा जाने पक्कापक्की भएको छ ।