बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

ट्रम्पले गरे राष्ट्रिय सुरक्षा सल्लाहकारलाई बर्खास्त

शुक्रबार, बैशाख १९ २०८२

वाशिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्जलाई पदबाट बर्खास्त गरेका छन्।

उनको स्थानमा ट्रम्पले अन्तरिम प्रतिस्थापनका रूपमा विदेशमन्त्री मार्को रुबियोलाई नियुक्त गरेका छन्।

जनवरीमा पदभार ग्रहण गरेपछि ट्रम्पको भित्री घेरामा यो पहिलो ठूलो फेरबदल हो। ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा वाल्ट्जलाई संयुक्त राष्ट्र संघका लागि अर्को अमेरिकी राजदूतका रूपमा मनोनयन गर्ने बताएका छन्।

उनले लेखेका छन्, ‘हाम्रो राष्ट्रको हितलाई प्राथमिकता दिन उनले कडा परिश्रम गरेका छन्।’ संवेदनशील सैन्य योजनाहरू छलफल गरिएको च्याट समूहमा गल्तीले एक पत्रकार थपेकामा वाल्ट्जले आलोचना खेप्नुपरेको थियो ।