काठमाडौ । नेपाल राष्ट्र बैंकले बैक तथा फाईनान्स कम्पनीहरुमान तीन अर्ब ८४ करोड ३८ रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको रकम राख्न लागेको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रकम लगानीको अवधि तीन सय ६६ अर्थात मे १७, २०२५ देखि मे १७, २०२६ सम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही बैशाख १९ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ । लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि तीन अर्ब सात करोड ५२ लाख, बिकास बैंकहरुको लागि ५७ करोड ६५ लाख र फाईनान्स कम्पनीहरुको लागि १९ करोड ९१ लाख रुपैंयाँ छुट्याईएको छ ।
रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्ने न्युनतम शर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।