शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

हिमालयन बैंकद्धारा बत्तिसपुतली शाखा स्थानान्तरण

सोमबार, बैशाख १५ २०८२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बंैकको बत्तीसपुतली शाखा स्थानान्तरण गरेको छ । बैंकका अनुसार साविक भवन÷स्थानबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटो संगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट यही बैशाख १४ गते देखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याईएको हो ।

उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरुको उपिस्थतिमा गरेका हुन । बैंकले नेपाल भरी फैलिएका एक सय ७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, दुई सय ८४ एटिएम, आठ हजार भन्दा बढी पस टर्मिनल र १५ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।