काठमाडौं । आज भूकम्प दिवस । आजै सिन्धुपाल्चोकमा भूकम्प गएको छ । आज ९शुक्रबार० बिहान ११ बजेर ५३ मिनेट जाँदा फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ४।१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । आज बिहानको भूकम्पको धक्का सिन्धुपाल्चोक र आसपासका केही जिल्लामा पनि महसुस भएको थियो । तर सो भूकम्पले क्षति पुगेको भने छैन ।
१० वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पको स्मृति गरिरहेका बेला फुल्पिङकोट केन्द्रविन्दु भएर भूकम्प गएको हो ।