शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

दुई अंकले बढ्यो नेप्से, पाँच वटा समुहले कमााउँदा आठ वटा समुहले गुमाए

बिहिबार, बैशाख ११ २०८२

काठमाडौं । नेप्से बढेको छ । यसअघि लगातार घटेको नेप्से आज बिहिबार दुई दशमलव आठ अंकले बढेर २६ सय ५८ दशमलव दुई अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स एक दशमलव २३ अंकले बढेर चार सय ४७ दशमलव २६ अंकमा चढेको छ । तीन सय आठ वटा कम्पनीहरुको ७० हजार सात सय तीन पटकको कारोबारमा एक करोड ९७ लाख ५४ हजार दुई सय ४५ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार दुई सय ६८ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुुचक शुन्य दशमलव ४६ अंकले बढेर १३ सय ३४ दशमलव ९६ अंंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि सात दशमलव ७३ अंकले बढेर तीन हजार चार सय ८१ दशमलव ७७ अंकमा पुगेको छ । यसैगरी लगानी, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने ४९ दशमलव १२ अंंकले घटेर पाँच हजार तीन सय ९९ दशमलव ६३ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ५६ दशमलव ३९ अंकले घटेर १३ हजार एक सय २७ दशमलव २५ अंंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ३७ दशमलव ८० अंकले घटेर १२ हजार तीन सय ३६ दशमलव ३८ अंंकमा पुगेको छ भने फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज नेपाल माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा नेपाल हाईड्रो डेभलपर्स लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । ङादी ग्रुप पावर लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।