बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शिक्षकहरूलाई आन्दोलन नरोक्न प्रचण्डको अपिल

मंगलबार, बैशाख ९ २०८२

काडमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुलाई आन्दोलनलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

प्रचण्डले शिक्षकहरूले पटकपटक वार्ता गरेर पनि असफल भएको बताउँदै यो पटक धैर्यतापूर्वक आन्दोलन जारी राख्न अपिल गरे ।

शिक्षकहरूले नयाँ माग केही नराखेको केवल विगतका सहमति पूरा गर्नुपर्ने जायज माग राखेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकसँग वार्ता गर्नुको सट्टा अपमानित गर्ने, हप्काउनाले समस्या जटिल बनाएको आरोप लगाए ।

‘शिक्षकहरूले माग गरेको कुनै नयाँ कुरा होइन । हिजो सरकारले गरेको सहमति कार्यान्वयन गर भनेको भन्दा बाहेक केही होइन,’ प्रचण्डले भने, ‘हिजो जे सम्झौता भएको थियो, त्यो सम्झौता अनुसार ऐन बनाइदेउ भनेको मात्रै हो । तर, त्यसमा प्रधानमन्त्री असाध्यै नकारात्मक भइदिएपछि के हुन्छ ।’

विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंको सडकमा आन्दोलन गरिरहेका छन् । पटक(पटक सरकारसँग वार्ता गरे पनि सफल हुन सकेको छैन ।