नारायणी डेभलपमेन्ट बैंकले एक करोड २६ लाख रुपैंयाँ खुद नोक्सानी बेर्होदा ११ वटा नाफामा
काठमाडौं । क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंकहरु सञ्चालनमा रहेकोमा हालसम्म १२ वटा बिकास बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका मध्ये क्षेत्रियस्तरको नारायणी डेभलपमेन्ट बैंकले एक करोड २६ लाख रुपैंयाँ खुद नोक्सानी बेर्होदा ११ वटा बिकास बैंकले भने नाफा कमाएका छन् ।
चालु आवको तेस्रो त्रैमासमा मितेरी डेभलपमेनट बैंकले चालु आवको तेस्रो त्रैमासमा नौं करोड २४ लाख ५६ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा कर्पोेरेट डेभलपमेन्ट बैंकले पनि एक करोड ७७ लाख ८१ हजार रुपैंयाँ नाफा कमाएको छ । महालक्ष्मी बिकास बैंकले पनि पछिल्लो अवधिमा ४३ करोड ६५ लाख ५९ हजार रुपैंयाँ नाफा कमाएको छ भने कामना सेवा बिकास बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा ४९ करोड ३१ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको छ ।
अपरिष्कृत वित्तीय विवरण अनुसार ज्योति र मुक्तिनाथ बिकास बैंकले भने चालु आवको तेस्रो त्रैमासमा क्रमशः ३० करोड ६६ लाख ११ हजार रुपैंयाँ र ७२ करोड ४८ लाख ५२ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । क्षेत्रियस्तरकै सिन्धु बिकास बैंकले भने सात करोड ८४ लाख ५१ हजार रुपैंयाँ नाफा कमाएको छ । गरिमा र लुम्बिनी बिकास बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ३३ करोड ३४ लाख ९१ हजार र चार करोड ९७ लाख ८३ हजार रुपैंयाँ नाफा कमाएको छ । साँग्रिला र ग्रीन डेभलपमेन्ट बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः ४३ करोड ४२ लाख १८ हजार र दुई करोड १२ लाख ८४ हजार रुपैंयाँ नाफा कमाएका छन् ।
