काठमाडौं । सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंकहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ४१ अर्ब २५ करोड १० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । बैकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा एक दशमलव ४० प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा ४० अर्ब ६८ करोड २९ लाख रुपैंयाँ रहेको थियो ।
बैंकहरुले आईतबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बाँणिज्य बैकहरुले मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिलले पाँच अर्ब पाँच करोड १४ लाख १९ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैंकले चार अर्ब ७१ करोड सात लाख ९९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । एभरेष्ट, नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले भने यस अवधिमा क्रमशः तीन अर्ब ४५ करोड ७६ लाख ३६ हजार, दुई अर्ब ७८ करोड ३४ लाख ९४ हजार र ९६ करोड १९ लाख ३९ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । हिमालयन, नेपाल एसबिआई र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भने क्रमशः ५० करोड, एक अर्ब २० करोड ३२ लाख र चार अर्ब ५४ करोड रुपैंयाँ खुद मुनाफा कमाएका छन् । लक्ष्मी सनराईज, कुमारी र प्राईम कर्मसियल बैंकले भने पछिल्लो अवधिमा क्रमशः एक अर्ब ६५ करोड २१ लाख, २८ करोड ५८ लाख र दुई अर्ब २२ करोड ९३ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।
अपरिष्कृत वित्तीय विवरण अनुसार एनआईसी एशिया, सानिमा र प्रभु बैंकले भने पछिल्लो अवधिमा क्रमशः १५ करोड ६७ लाख ७० हजार, एक अर्ब ६५ करोड २४ लाख र एक अर्ब ८७ करोड ६० लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी सिद्धार्थ, कृषि र स्टान्र्डड चार्टड बैंकले पनि चालु आवको तेस्रो त्रैमासमा क्रमशः एक अर्ब ६८ करोड ८२ लाख, एक अर्ब ८४ करोड ४४ लाख र दुई अर्ब १७ करोड ३७ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् । एनएमबी, राष्ट्रिय बाँणिज्य बैंक र माछापुच्छे« बैंकले पनि पछिल्लो अवधिमा क्रमशः दुई अर्ब ३७ करोड ३२ लाख, एक अर्ब २० करोड ४३ लाख र एक अर्ब १० करोड २६ लाख रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

