शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गभर्नर बन्न राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

शुक्रबार, बैशाख ५ २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टलाई गभर्नर बनाउन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच अनौपचारिक सहमति भए पछि भट्टले पदबाट शुक्रबार राजीनामा दिएका हुन् ।

गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर बिदा भएपछि सत्ता साझेदार प्रमुख दुई दलबिच सहमति नहुँदा गभर्नर नियुक्तमा ढिलाई भएको थियो ।

नयाँ गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा यसअघि नै समिति गठन भइसकेको छ। छनोट समितिमा अर्थमन्त्री पौडेलसहित पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।

राष्ट्र बैंक ऐनअनुसार राष्ट्र बैंकका एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्ने र सरकारले तीमध्येबाट एक जनालाई नियुक्ति गर्ने नीतिगत व्यवस्था छ । दुई दलबिच सहमति भएकाले अब प्रक्रिया अघि बढाएर गभर्नर नियुक्ति गर्ने तयारी छ ।