शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उच्च बृद्धि, कारोबार रकम बढेर ११ अर्ब नजिक

बिहिबार, बैशाख ४ २०८२

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन सात अंकले बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार २६ दशमलव ४९ अंकले बढेर २७ सय २२ दशमलव ७३ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ३९ अंकले बढेर चार सय ५८ दशमलव २२ अंकमा चढेको छ । तीन सय ११ वटा कम्पनीहरुको ९० हजार पाँच सय ५५ पटकको कारोबारमा दुई करोड ३७ लाख ७३ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएकोमा आज कारोबार रकम १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार दुई सय ८२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा व्यापार समुहको सुचक घटेपनि बाँकी १२ वटा समुहहरुको सुचक उच्च अंकले बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ३४ अंकले बढेर १३ सय ८४ दशमलव ४६ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४० दशमलव ५० अंकले बढेर तीन हजार पाँच सय ७८ दशमलव शुन्य दुई अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय १५ दशमलव १० अंकले बढेर १३ हजार चार सय १९ दशमलव ७९ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव ४७ अंकले बढेर १२ हजार छ सय १० दशमलव ४१ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज नेपाल माईक्रो इन्स्योरेन्स लिमिटेडले सबैभन्दा बढी कमाउँदा एनआईसी एशिया डिबेञ्चर २०८५ ले सबैभन्दा बढी गुमाएको छ । हिमालयन पावर पार्टरन लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।