काठमाडौं । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल म्याड्रिड बाहिरिएको छ।
रियल म्याड्रिडलाई समग्रमा ५-१ ले हराउँदै आर्सनल सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो लेगमा ३(० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २-१ को सफलता पाएको हो।
सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फालेका थिए । उनले १३ औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाए।
साकाले नै ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गरे । त्यसको दुई मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गरे । इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरे ।