शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सर्वोच्चद्धारा प्रभु बैंकका प्रमुख कार्यकारी शेरचनको पक्षमा अन्तरिम आदेश

शेरचनलाई बर्खास्त गर्न गरेको माग अदालतको क्षेत्राधिकार नभएको भन्दै रिट खारेज

बुधबार, बैशाख ३ २०८२

काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । प्रमुख कार्यकारी अधिकृतको कार्यकाल सम्बन्धमा पाटन उच्च अदालतले गरेको व्याख्याविरुद्ध शेरचनले दायर गरेको रिट उपर बुधबार सर्वोच्चले शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको हो ।

उच्च अदालत पाटनको व्याख्याविरुद्ध शेरचनले २०८१ चैत ३१ मा सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल राष्ट्र बैंक र पाटन उच्च अदालतलाई विपक्षी बनाउँदै दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार सर्वोच्च अदातलले शेरचनको पक्षमा अन्तरिम आदेश जारी गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को व्यवस्था अनुसार बैंकको सीईओ बन्न अयोग्य भएको भन्दै निजलाई हटाउने माग गर्दै परेको रिट पाटन उच्च अदालतले खारेज गरेको थियो । प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकालको सम्बन्धमा व्याख्या गर्ने पहिलो अधिकार नियामक राष्ट्र बैंकको भएकाले रिट निवेदकले शेरचनलाई बर्खास्त गर्न गरेको माग अदालतको क्षेत्राधिकार नभएको भन्दै रिट खारेज गरेको थियो । तर, रिट खारेज गरेपनि अदालतले बाफिया कार्यान्वयनको दृष्टिकोणका आधारमा पनि ९ वैशाख २०८१ सम्म उनले सीईओ रुपमा काम गर्न योग्य रहेको व्याख्या गरेको थियो । त्यसपछिको सन्दर्भमा भने के हुने ? भन्ने अन्यौलता कायम थियो । यस विषयमा अहिलेसम्म राष्ट्र बैंकले कुनै निर्देशन दिएको छैन ।

सोही अवस्थामा प्रभु बैंकका प्रमुख कार्यकारी शेरचनले नेपाल राष्ट्र बैंक र उच्च अदालत समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले शेरचनको पक्षमा अन्तरिम आदेश दिएसँगै उक्त रिट निवेदनको टुंगो नलाग्दासम्म शेरचनले बैंकको प्रमुख कार्यकारी अधिकृतकै रुपमा काम गर्न पाउने भएका छन् ।

शेरचन त्यस्ता व्यक्ति हुन । जसको सिंगो जीवन नैं बैंकिङ क्षेत्रमा बितेको छ । योग्यता, क्षमता र काम गर्न सक्ने दृढ इच्चाशक्ति र सामाथ्र्य भएका शेरचन कै कारण प्रभु बैंकले आजको यो व्यवसायीक सफलता हासिल गरेको हो । बिगतमा प्रभु फाईनान्सबाट सुरु भएको प्रभु बैंकको यो उचाई कायम गर्नमा शेरचनले धेरै भोटोहरु फटाएका छन, धेरै चुनौतीहरु सहेका छन् । धेरै अनुभवहरु बटुलेकाछन् । आजको दिनसम्म आईपुग्दा प्रभु बैंकले तत्कालीन ग्राण्ड बैंक सहितका खराब अवस्था भएका आधार दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्ती गरी एउटा सवल, सक्षम र सफल बैंककोरुपमा प्रभु बैंकलाई पुर्याउन सफल भएको छ । यो सफलता प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचन कै कारण प्राप्त भएको हो । आजको दिनमा राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्ती सम्वन्धी व्यवस्था सफल छ भने त्यो सफलताको प्रमुख कारण पनि प्रभु बैंक अर्थात अशोक शेरचन नैं हुन । जसले खराब अवस्था भएका झण्डै एक दर्जन बैंक तथा वित्तीय संस्थाहरुलाई आफुमा समाहित गरी राष्ट्र बैंकको मर्जर तथा प्राप्ती नीतिलाई सफल बनाईदियो । यि बाहेक सिगो मुलुकको आर्थिक बिकास र समृद्धिमा पनि प्रभु बैंकको निकै ठुलो योगदान रहेको छ ।