काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङविरुद्ध ९ विकेटको जित निकालेको छ ।
तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालले एक विकेटको क्षतिमा १२.३ ओभर खेल्दै लक्ष्य भेट्टायो ।