शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एनआईसी एशिया बैंकद्वारा ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा

बुधबार, बैशाख ३ २०८२

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०८२ को पावन अवसरमा मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रा.लि.सँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आईफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आईफोन १६ जित्न सक्ने छन् ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत १०० रूपैयाँ वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । योजना अवधि समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आईफोन १६ प्रदान गरिनेछ । यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ ।

नयाँ वर्ष २०८२ ले यहाँहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।