शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

लुम्बिनी विकास बैंकद्धारा पर्वतारोही शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण

मंगलबार, बैशाख २ २०८२

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण गरेको छ । स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका किर्तिमानी पर्वतारोही शेर्पा ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना बैकले व्यानर हस्तान्तरण गरेको हो ।

लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर २ पटक सम्म सर्वोच्च शिखर सगरमाथामा किर्तिमानी पर्वतारोही शेर्पाले पुरर्याइसकेका छन् । उक्त कार्यक्रममा पुनः तेश्रो पटक यस बैंकका्े लोगो अंकित ब्यानर सर्वोच्च शिखर सगरमाथामा पुरर्याउनको लागि बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा ले किर्तिमानी पर्वतारोही शेपा लाई हस्तान्तरण गरेका हुन ।

किर्तिमानी पर्वतारोही शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा “निरन्तर सहयात्री” बनी आबद्घ रहेका छन् । उनको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१औं आरोहण गर्न लागेको जानकारी दिए । उनको यस साहसिक कार्यले लुम्बिनी विकास बैंक लि. लाई गौरवान्वित बनाएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।