काठमाडौं । हङकङमा सुरु भएको चारदेशीय टी २०आई सिरिजको पहिलो खेलमा कतारले नेपाललाई १५२ रनको लक्ष्य दिएको छ ।
हङकङमा आजदेखि सुरु भएको यो सिरिजको पहिलो खेलमा नेपाल र कतार खेलिरहेको छन् ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।
कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो ।
कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरे । उनी ५४ बलमा ५४ रन बनाउँदै आउट भए ।