बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनएमबी क्यापिटलद्धारा वित्तीय सचेतना

मंगलबार, चैत्र २६ २०८१

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले वित्तीय सचेतना प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लियो क्लब अफ कान्तिपुर, काठमाडौंका सदस्यहरुका लागि लगानी सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको हो ।

रानीपोखरीस्थित दरबार हाई स्कुलमा वित्तीय लगानी सम्बन्धी जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा पोर्टफोलियो अफिसर राहुल खड्का र स्कीम सहायक लचना शाक्यले संयुक्त रुपमा कार्यक्रममा वित्तीय साक्षरताबारे प्रस्तुती दिएका थिए ।

सहभागीहरुलाई पूँजी बजारका विभिन्न पक्ष, गतिविधिहरुबारे जानकारी गराइएको थियो । कार्यक्रमपछि सहभागीहरुबाट सोधिएका विभिन्न जिज्ञासाहरुको सम्बोधन गरिएको कम्पनीले जानकारी दिएको छ ।