काठमाडौं । नेप्से पुन घटेको छ । अघिल्लो दिन ३३ दशमलव ३३ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार तीन दशमलव ४४ अंकले घटेर २६ सय ६६ दशमलव ६१ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २२ अंकले घटेर चार सय ४४ दशमलव ७८ अंकमा पुगेको छ । तीन सय २१ वटा कम्पनीहरुको ५३ हजार चार सय ९२ पटकको कारोबारमा एक करोड छ लाख ४३ हजार चार सय ६९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब ३० करोड ९५ लाख ६८ हजार नौं सय ९७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटाले समुहले कमाएका छन् भने बाँकीले गुमाएका छन् । सो मध्ये फाईनान्स समुहको सुचक १५ दशमलव २९ अंकले बढेर २५ सय ५२ दशमलव १७ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव ६३ अंकले बढेर १२ हजार दुई सय आठ दशमलव १७ अंकमा पुगेको छ । उत्पादनमुलक र व्यापार समुहको सुचक पनि आज बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने चार दशमलव १७ अंकले घटेर १३ सय ५९ दशमलव ८३ अंकमा पुगेको छ भने जलविधुत समुहको सुचक पनि १७ दशमलव २८ अंकले घटेर तीन हजार चार सय ३९ दशमलव ४७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २३ दशमलव ३५ अंकले घटेर १३ हजार दुई सय ८५ दशमलव ६९ अंकमा पुगेकोमा बिकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज बोटर्लस नेपाल (बालाजु) लिमिटेडले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।