शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आईपीएल : रोमाञ्चक खेलमा मुम्बई पराजित

मंगलबार, चैत्र २६ २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को सोमबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरु ९आरसिबी०ले मुम्बई इन्डियन्सलाई १२ रनले हराएको छ।

२२२ रनको लक्ष्य पाएको मुम्बईले ९ विकेटको क्षतिमा २०९ रन जोडेको हो। सुरुवातदेखि नै दबाबमा रन बटुलेको मुम्बईका लागि कप्तान हार्दिक पाण्डे र तिलक वर्माले विस्फोटक ब्याटिङ गरे । कप्तान पाण्डे र वर्माको ब्याटिङले मुम्बईलाई जित नजिक पुर्याएका थिए।

अन्तिम २ ओभरमा मुम्बईलाई जितका लागि २८ रन चाहिएको अवस्थामा जोश हजेलउडले पहिलो बलमा नै पाण्डेलाई आउट गरेपछि मुम्बइ संकटमा परेका थियो । छक्का प्रहार गर्ने प्रयासमा आउट भएका पाण्डेले १५ बलमा ४२ रन बनाए। २९ बलमा ५६ रन जोडेका वर्मालाई भने भुवनेश्वर कुमारले आउट गरे।

अन्तिम ओभरमा मुम्बईलाई २० रन चाहिएको थियो। सुरुवाती दुई बलमा क्रुनान पाण्डेले माइकल सान्टनर र दीपक चाहरलाई आउट गरे। उनले अन्तिम ओभरमा तीन विकेट लिए । पाण्डेले चार ओभरमा ४५ रन खर्चेर ४ विकेट हात पारे । भुवनेश्वर कुमार र जोस हजेलउडले समान दुई विकेट लिनुभयो । सुयश शर्माले किफायती बलिङ गर्दै ४ ओभरमा ३२ रन मात्र खर्चेपछि मुम्बई खेलमा पछि परेको थियो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले ५ विकेटको क्षतिमा २२१ रन जोडेको थियो। आरसिबीका लागि विराट कोहली र रजत पाटीदारले अर्धशतक बनाए। विराट कोहलीले ४२ बलमा ६७ रन जोड्दा कप्तान रजत पाटीदरले ३२ बलमा ६४ रन बनाए । विराटको अर्धशतकमा आठ चौका र दुई छक्का समावेश थियो भने रजतले पाँच चौका र चार छक्का प्रहार गरे । उसका लागि जितेश शर्माले अविजित रहँदै १९ बलमा ४० रन बनाए। देव दत्त पाणीकलले २२ बलमा ३७ रन बनाए।

मुम्बईका लागि हार्दिक पाण्डेले दुई विकेट लिए । उनले चार ओभरमा ४५ रन खर्चिए। आरसिबीले बाजी मारेको खेलमा पाटीदर म्यान अफ द म्याच घोषित भए। आरसिबी ४ खेलमा तेस्रो जितसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। पाँच खेलमा चौथो पराजयको सामना गरेको मुम्बई आठौँ स्थानमा छ।