काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहक तथा इसेवा वालेट प्रयोगकर्ताहरुलाई बैंकिङ कारोबार गर्न अझ बढी सरल र सहज होस् भन्ने हेतुले मुलुकभर रहेका यस बैंकका एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम एटिएम कार्ड बिना नै निकाल्न मिल्ने सेवाको शुरुवात गरेको छ।
मुलकभर रहेका यस बैंकका ६७० एटिएमहरुबाट इसेवा वालेटमा रहेको रकम कुनै झन्झट बिनै सामान्य प्रकृयाबाट निकाल्न सकिन्छ । यसको निम्ती सबैभन्दा पहिला इसेवा एप लगिन गरेर फाइनान्सियल पेमेन्ट अन्तर्गत रहेको एटिएम हुइथड्रमा एनआईसी एशिया बैंक छनौट गर्नुपर्छ । अब दिएको निर्देशनअनुसार १०००, २०००, ३०००, ४००० र ५००० रूपैयाँ रकम छनौट गर्दै रिमार्कस् राखेर अगाडि बढ्नु पर्छ।
त्यसपछि इसेवा पिन राखेपछि आफ्नो मोबाइल नम्बरमा ओटिपी कोड प्राप्त हुनेछ । अब एनआईसी एशिया बैंकको एटिएममा रहेको कार्डलेस वीथ ड्र अप्सनमा गएर अदर कार्डलेस र त्यसपकछि इसेवा छनौट गर्नुपर्छ । यसअघि मोबाइल नम्बरमा प्राप्त इत्ए कोड राखेर प्रोसिड गरेपछि आफ्नो रकम प्राप्त हुनेछ।
हरेक दिन बढीमा ५ वटा कारोबारमा ५ हजार रुपैयाँसम्म र मासिक बढीमा ५० कारोबारमा २५ हजार रुपैयाँसम्मको रकम निकाल्न सकिने सुविधा यस सेवामा उपलब्ध रहेको छ।