काठमाडौं । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज बैंककमा थाइल्याण्डका वरिष्ठ व्यावसायीहरुको भेटवार्ता गरेका छन् ।
भेटवार्तामा नेपाली व्यवसायी प्रतिनिधिमण्डलका सदस्यहरु पनि सहभागी छन् ।
भेटवार्ताले दुई देशबीचको व्यापारिक र आर्थिक सम्बन्धलाई थप सुदृढ गर्ने उद्देश्य राखेको छ । भेटवार्तामा दुवै देशका व्यावसायीबीच आपसी सहकार्य र लगानीका अवसरहरुबारे छलफल भएको जनाइएको छ ।