काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुन २०२५ मा स्कटल्याण्डमा हुने आईसीसी मेन्स क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गतका खेलहरूका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली चयन गर्न आयोजित तयारी क्याम्पको प्रारम्भिक खेलाडी सूची सार्वजनिक गरिएको छ ।
क्यानले छनोट भएका खेलाडीहरूलाई ‘नेपाल ब्लू’, ‘नेपाल एल्लो’, ‘नेपाल ग्रिन’ गरी चार समूहमा विभाजन गरी प्रमुख प्रशिक्षक स्टुअर्ट लको प्रत्यक्ष निगरानीमा तयारी खेलहरू सञ्चालन गरिने जानकारी दिएको छ ।
