मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

निम्न माध्यमिक तहको शिक्षकका लागि आवेदन माग (विज्ञापनसहित)

बिहिबार, चैत्र १४ २०८१

काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको शिक्षकका लागि आवेदन मागेको छ । विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आयोगले आवेदन खुला गरेको हो ।

सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।